आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

'मारवलस मी'को दोस्रो सिजनको तयारी

काठमाडौं :  फेसन स्टाइलिस्ट सोन्या गुरुङको 'मारवलस मी' को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा सम्पन्न गरिने भएकोछ भने कुनै पनि प्रतिसिपर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यस सोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मुल्याङ्कनमा नभई व्यक्ति विशेषमा रहेको विशेषताको आधारमा प्रतिस्पर्धी छनोट गरिने आयोजकले जनाएका छन् ।

मारवलस मी (राम्रो म) भन्ने अर्थमा बुझिन्छ भने, सबै व्यक्ति विशेषहरुमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शक माझ प्रस्तुत गर्ने तयारि रहेको भोग लस्टकी अध्यक्ष र मार्वलस मी कार्यक्रम संयोजकसिईओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताइन् । यो कार्यक्रममा प्रतिस्पर्धीहरुलाई २० दिनको प्रशिक्षणमा बिभिन्न किसिमको क्रियाकलापहरु गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरी विभिन्न अनुसन्धानात्मक कार्यक्रमहरु गरी प्रतिभा पहिचान गरी दर्शकमाझ प्रेसित गर्ने कार्यक्रम रहेको छन्।

यो कार्यक्रमको मुल्याङ्कन समितीमा ऱ्यापर हाकिम (सुरेन्द्र) गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्तित गर्नका लागि नेपालसरकारको कोभिड-१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गर्ने गरि कार्यक्रम गरिन लागेको कुरा आयोजकले बताए।