सिनेमा : छायांकनलाई अनुमति, हलमा ५० प्रतिशत मात्र दर्शक
काठमाडौं : सरकारले लामो समयदेखि बन्द रहेका हल खोल्ने निर्णय गरे पनि कसरी र कति मानिस राखेर चलाउने पाउने भन्ने निर्देशन दिएको थिएन । तर, सरकारले चलचित्रकर्मीसम्बन्धी संघसंस्थाका प्रतिनिधिलाई पनि साक्षी राख्दै हलमा ५० प्रतिशत दर्शक राखेर चलाउन पाउने निर्देशन दिएको छ ।
यसैगरी काठमाडौँ प्रमुख जिल्ला अधिकारीले सुटिङ पनि खुल्ला गर्ने निर्णय गरेको छ । तर सुटिङ पनि सरकारले २५ जनासम्मको मात्र क्रु राखेर गर्न सकिने उल्लेख गरेको छ ।
दोस्रो लकडाउन सुरु भएसँगै सरकारले रात्रिकालीन व्यवसायसँगै सिनेमा हल र सुटिङ पनि बन्द गर्ने निर्णय गरेको थियो । तर, सरकारले अनुमति नदिए पनि सुटिङका काम भने रोकिएका थिएनन् । सिनेमा हल खुले पनि हलवाला भने के चलाउने भन्ने दुविधामा छन् । हल चलाउन उनीहरू आन्तरिक छलफलमा रहेको बताइएको छ ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया