सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै
सुर्खेत – सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरू सञ्चालन हुने भएका छन् । कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।
शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आइतबारबाट विद्यालय खुल्ने भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो,’ उनले भने ।
स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खुलाइने उनले बताए । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेका विद्यालय खुलाउन सकिने उनले जानकारी दिए ।

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

प्रतिक्रिया