चिटकै भरमा स्मार्ट लाइसेन्स

काठमाडौँ - सरकारले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्दा ट्रायल पास गरेका र नवीकरण गरेका चालकले पनि नयाँ लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स छाप्न ढिलाइ भएपछि यातायात व्यवस्था विभागले ट्रायल पास गरेका र नवीकरण गर्ने चालकका लागि परीक्षणकालीन लाइसेन्स (चिट) दिन सुरू गरेको छ ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाइ रूपमा एकवर्ष अवधिको परीक्षणकालीन लाइसेन्स (चिट) दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए ।
स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख चालक वर्षौंदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने जानकारी दिए । कोभिड–१९ को महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने उनको तर्क छ । उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने जनाए ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया