३९ जिल्लामा वडाअधिवेशन सम्पन्न
कांग्रेस नेता कार्यकर्तामा महाधिवेशनकाे रौनक

काठमाडौँ - मुलुककै जेठो दलको रुपमा परिचित नेपाली कांग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावका कारण यो प्रक्रिया सुरु भएको हो । सत्तारुढ नेपाली कांग्रेसले साढे ५ वर्ष (अनेकन सुविधासहित) को समयसीमासमेत पुरा गरेर बाध्यकारी अवस्थामा पुगेपछि अधिवेशन थालेको हो । यो अधिवेशनले गाँउगाउँमा एक प्रकारको रौनक ल्याएको छ ।
मुलुकभरका ६ हजार ७ सय वडामा एकै दिन अधिवेशन गर्ने तयारी यसअघि गरेको भए पनि केही जिल्लामा देखिएको विवादको कारण अधिवेशन प्रभावित छ । अहिलेसम्मको सूचनामा २१ जिल्लामा अधिवेशन प्रभावित भएको छ । क्रियाशील सदस्यताको कारण यस्तो अवस्था आएको हो ।
प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिको समन्वय र अनुमतिमा १ भदौमा तोकिएको अधिवेशनलाई केही दिन ढिलो गर्न सक्ने सुविधा पार्टी केन्द्रीय समितिले दिएको छ ।५६ जिल्लामा सुरु भएको अधिवेशनले अन्य जिल्लालाई पनि दबाबमा राख्नेछ । कांग्रेसले यो पटकबाट क्रियाशील सदस्यले वडा अधिवेशनमा मात्रै भाग लिन पाउने व्यवस्था गरेकाले पनि त्यहाँबाट नै चुनिएर आउने छन् । अगामी २७ भदौमा गाउँ र नगर स्तरको अधिवेशनका लागि तयार भएको कांग्रेसले वडा अधिवेशन सकेपछि त्यसमा लाग्नेछ । तर अहिले नै वडा अधिवेशन सकिएन भने समस्या हुने र सबै तर्फ ढिलाइ हुँदै जाने देखिएको छ ।
हुन त आगामी २७ गते अगावै सबै प्रक्रिया पुरा भएर अघि बढ्ने बताइएको छ । कांग्रेसले मुलुकभर वडामा एकसाथ अधिवेशन सम्पन्न गर्ने भनिए पनि सदस्यता विवादका कारण समस्या आएको हो । आफ्नो पक्षधरलाई पार्टीमा क्रियाशिल बनाउने कारणले समस्या निम्तिएको हो । वा त्यही विवाद देखाएर अधिवेशन धकेल्दै जाने नीति माथि रहनेहरूले गरेका हुन ।
कांग्रेसको नेतृत्व पारदर्शी नहुँदा नै क्रियाशील सदस्यताले समस्या निम्ताएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन आफूहरूले विगतदेखि नै संघर्ष खेपिरहनु परेको बताए । अहिले झनै पेचिलो भएके भन्दै यसको समाधान भनेको पारदर्शिता नै रहेको बताए । पौडेल पक्षधर केही नेताहरू पार्टी कार्यालयमै धर्नामा नै बसेर भए पनि क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न लगाए । कतिपय सार्वजनिक हुने प्रतिबद्धता कांग्रेस नेतृत्वले दिएको छ ।
प्रदेश–२ मा देखिएको समस्याको बारेमा छलफलहरु भइरहेको छ । ०७२ फागुनमा १३ औँ महाधिवेशन गरेको कांग्रेसले २३ भदौभित्र अधिवेशन गर्न नसके वैधानिकतामाथि नै प्रश्न उठ्ने थियो । त्यसअगावै प्रक्रिया सुरु गरेर आफ्नो साख बचाएको छ । यसरी अधिवेशन हुँदा गाउँ तहसम्म आर्थिक चलायमान हुने हुनाले यो नै लोकतन्त्रको महत्वपूर्ण पाटो हो । सहरमा खाँदिएका नेताहरु गाँउ जानेछन् संगठन गर्नेछन् । प्रतिशपर्धा हुनेछ । जसले गर्दा कांग्रेसको संगठन चलायमान त हुन्छ नै त्योभन्दा पनि एउटा लोकतान्त्रिक पार्टीको यस प्रकारको गतिले अन्यलाई पनि मार्गदर्शन गर्नेछ ।
कांग्रेसले अघिल्लो अधिवेशन सम्पन्न गरेको पाँच वर्ष र ६ महिना भदौ २३ गते पुग्ने भएकाले त्यसअघि नै महाधिवेशनको कार्यक्रम सुरु गर्न लागिएको प्रवक्ता शर्माले बताए । तीन पटकसम्म पछि सरेको सूचि पछि कांग्रेस केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा हुने छ । त्यसअघि १२ कात्तिकभित्र प्रदेश र असोज १० भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने सूची तय छ ।
शुक्रबार ३९ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । सुदूरपश्चिमका बझाङ, अछाम, कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । बाजुरा, दार्चुला, बैतडी, डडेलधुरा र कैलालीमा बाँकी रहेको उनले बताए ।
यस्तै कर्णाली प्रदेशका जुम्ला, हुम्ला, जाजरकोट, दैलेखमा अधिवेशन सम्पन्न भएको छ भने रुकुम पश्चिम, सल्यान, डोल्पा, मुगु, कालीकोट र सुर्खेतमा अधिवेशन हुन बाँकी छ । यस्तै लुम्बिनी प्रदेशका नवलपरासी, अर्घखाँची, रुपन्देहीमा अधिवेशन सम्पन्न भएको छ भने कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम (पूर्व), प्युठान, दाङ, बाँके र बर्दियामा अधिवेश हुन बाँकी छ ।
यस्तै गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, म्याग्दीमा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । सोही प्रदेशका बाग्लुङ र नवलपुरमा अधिवेशन हुन बाँकी रहेको उनले बताए । बागमती प्रदेशमा भक्तपुर, दोलखा, सिन्धुलीमा निर्वाचन सम्पन्न भएको छ । ललितपुर चितवन धादिङ नुवकोट, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक काठमाडौंमा बाँकी छ ।
प्रदेश २ मा धनुषाबाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको उनले बताए । यस्तै प्रदेश १ का झापा, मोरङ र सुनसरीबाहेकका जिल्लामा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । ‘बाँकी जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भएलगत्तै अधिवेशन हुन्छ,’ घिमिरेले भने ।

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया