काठमाडौँका ३५ जनप्रतिनिधि नेकपा एसमा खुले

काठमाडौँ - काठमाडौंका ३५ जनाले नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । शुक्रबार २ वटा स्थानीय तहका उप–प्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आवद्ध भएको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष वसन्त मानन्धरले जानकारी दिए ।
उनका अनुसार ३५ जना जनप्रतिनिधिले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नेकपा समाजवादीको पक्षमा सनाखत गरेका हुन् । काठमाडौंको तार्केश्वर नगरपालिकाकी उप–प्रमुख भवानी डोटेल धिताल, शंखरापुर नगरपालिकाकी उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठसहित ३५ जना नेकपा एसमा खुलेको अध्यक्ष मानन्धरले बताए ।
अध्यक्ष मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका २ जना वडा अध्यक्ष, तारकेश्वर नगरपालिकाका २ जना वडा अध्यक्ष र टोखा नगरपालिकाका एक जना वडा अध्यक्षले नयाँ पार्टी रोजेका छन् । यस्तै काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष इश्वर मान डंगोल र वडा नम्बर ७ का वडा अध्यक्ष शुद्धमान डंगोलले पनि नयाँ पार्टी रोजेका छन् । तर्केश्वर नगरपालिका वडा नम्बर २ का रवीन्द्र केसी र वडा नम्बर ६ का वडा अध्यक्ष मधु कार्कीले नेकपा एसमा सनाखत गरेका छन् ।
टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पनि नेकपा एसमा खुलेको उनले बताए । आगामी २२ गतेसम्म काठमाडौंका अधिकांश जनप्रतिनिधिहरू नेकपा एसमा सहभागी हुने अध्यक्ष मानन्धरको दाबी छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया