व्यक्तिगत फाइदाका लागि एमसीसी पारित गर्न खोजिदैछ : बास्तोला

जुम्ला - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए ।
'एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ', उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, त्यही आतंक नेपालामा फैलिनेछ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन ।'
यो नेपालको हितमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ । 'समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्', उनले भने, 'एमसीसीका पछाडि दुर्भाग्यका संकेतहरू देखिएका छन् ।' नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रान्ति हुने सम्भावना छ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया