थप १२६८ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा शनिबार थप १ हजार २ सय ६८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय ५३ पिसिआर परिक्षणका क्रममा १ हजार २४ र ३ हजार १ सय २२ वटा पिसिआर परिक्षणका क्रममा २ सय ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ८ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार १ सय ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ७४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख ५२ हजार ९ सय ४२ वटा पिसिआर र ४ लाख ८४ हजार ९ सय ४३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया