‘सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजना अघि बढ्छन्’

कैलाली : नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरु अगाडी बढाउन आफुले पहल गरिरहेको बताएकी छन् । धनगढीमा बसोबास गर्ने डोटीका विभिन्न समुदायहरुसँग गरिएको छलफलमा प्रदेशको समृद्धिका आधार मानिएका योजनाहरु अगाडी बढाउने बताएकी हुन् ।
छलफल कार्यक्रममा नेतृ राणाले गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माणको काम अगाडी बढाउन पहल गर्ने बताइन । त्यस्तै, बहुचर्चित पश्चिम सेती निर्माणको काम समेत अगाडी बढाउन पहल गर्ने बताईन् ।
मेडिकल कलेज सञ्चालनका लागि आफु पनि चिन्तित रहेको बताउदै उनले चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने बताइन् । त्यस्तै महिला तथा बालबालिकाहरुका लागि विशेषज्ञ अस्पताल सञ्चालन तर्फ पनि लागिरहेको दावी गर्दै ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने घोषणा गरिन् ।
धनगढी–दिपायल फाष्ट ट्रयाकको गति सुस्त भैरहेकोले यसलाई बगाडी बढाउन पहल भइरहेको बताइन् । अहिले सुदुरपश्चिमकै प्रधानमन्त्री रहेकाले सुदुरपश्चिमको समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने उनले बताइन् ।
यस्तै गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक थप जग्गा अधिग्रहण प्रक्रिया समेत अगाडी बढाइएको नेतृ राणाले बताइन् ।

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

प्रतिक्रिया