नाम्खामा सीमा मिचिएकोबारे अध्ययन गर्ने समितिको संयोजक आचार्य

काठमाडौँ - नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने ‘नेपाल–चीन सीमा विवाद’ अध्ययन गर्न बनेको समिति संयोजकमा गृहमन्त्रालयले सहसचिवा जयनारायण आचार्यलाई तोकेको छ । उनी सप्तरीका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई त्यहाँबाट सरुवा गरेर संयोजक बनाइएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने ’नेपाल-चीन सीमा विवाद’ अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको थियो ।
आचार्यको स्थानमा सहसचिव जनार्दन गौतमलाई पठाइएको छ । गौतम दार्चुलामा १५ साउनमा महाकाली तर्दा तुइन चुडिएर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको घटनाबारे गृहमन्त्रीले गठन गरेको छानबिन समितिका संयोजक थिए । उनले त्यो घटनाको प्रतिवेदन बुझाएपछि सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।
मन्त्रालयले समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरेको जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया