सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

जीप लाइनसहित शनिबारदेखि खुल्यो चन्दागिरि

काठमाडौँ - शनिबारदेखि चन्द्रागिरिमा जीप लाइन पनि सञ्चालनमा आएको छ । शनिबार चन्दागिरि पुगेकामध्ये कतिपयले जीप लाइनको मजा लिएका छन् । काठमाडौंमा आकर्षक पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्समा शनिबारदेखि जीप लाइन पनि थपिएको हो ।

कोभिड संक्रमणका कारण वैशाखदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार शनिबारदेखि सञ्चालनमा आएको हो । चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहकाअनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।  

‘सरकाले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था छ, मास्कबिना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोभिडको डर कम छ,’ उनले भने ।

उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन शनिबादेखि गरे पनि रिसोर्ट असारबाट नै खुलाइएको जानकारी दिए । १६ वैशाखदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि केबलकार बन्द भएको थियो ।