कर्रा खोलामा बेपत्ता एक जनाको शव भेटियो
बाढीमा हराएका एक जनाको खोजी जारी

हेटौंडा – कर्रा खोलामा शुक्रबार दिउँसो आएको बाढीले ट्रक बगाउँदा बेपत्ता भएका २ जनामध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर टाढा पुगेको अवस्थामा शनिबार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम् सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाउँदा २ जना बेपत्ता भएका थिए । खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापामगर बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरूको नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको थियो । पानीको बहाव घटेसँगै शुक्रबार ट्रक करिब १ सय मिटर पर फेला परेको थियो ।
शनिबार खोलामा माछा मार्न आएका व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अर्का एक जना भने अझै बेपत्ता छन् ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया