आउँदो चुनाव जितेर देखाउन महेश बस्नेतलाई चुनौती

चितवन – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले संगठनलाई अग्रणी बनाइने दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित माओवादीनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी र वाइसीएलको संयुक्त भेलालाई सम्बोधन गर्दै दीपशीखाले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले सांसद् तथा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका पूर्वअध्यक्ष महेश बस्नेतलाई आउँदो निर्वाचनमा विजयी भएर देखाउनसमेत चुनौती दिएका छन् । वाइसीएल युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो संगठन बनाइने दाबी गर्दै उनले एमाले नेता बस्नेतहरूलाई चुरीफुरी नगर्न चेतावनी दिए ।
चितवनको इच्छाकमना गाउँपालिका भेलाले वाइसीएल अध्यक्षमा झलक गुरुङ र अनेरास्ववियू क्रान्तिकारी अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ । सोही भेलामा नेपाली कांग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका व्यक्तिहरूलाई केन्द्रीय सदस्यसमेत रहेका दीपशीखाले टीका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा वाइसीएलका निवर्तमान सचिवद्वय दिवस पाण्डे र केयर सिंह कुवर, लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरू सन्तोष पनेरु, साजन अधिकारी सहभागी थिए । यस्तै अनेरास्ववियू क्रान्तिकारीका उपमहासचिव जपी मैनाली, नेताहरू वसन्त आचार्य, अविनाश रम्तेल उपस्थित थिए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया