दुई देशका प्रधानमन्त्रीको पुत्ला जलाउनु आपत्तिजनक

काठमाडौँ : गृह मन्त्रालयले नेपालमा घटेका केही घटनाका कारण देखाइ मित्रराष्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्दा दहन गर्ने, आपत्ति जनक नारा लगाउने क्रियाकलाप गैरराजनीतिक भएको निष्कर्ष निकालेको छ ।
मन्त्रालयले यस्ता गैरराजनीतिक अवाञ्छनीय गतिविधिले लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने निष्कर्ष पनि निकालेको स्रोतले जनाएको छ । कुनै एउटा घटनाको विरोधमा दुई देशका प्रधानमन्त्रीको पुत्ला जलाइ मित्रराष्टसँगको सम्बन्ध विथोल्न खोज्नु आपत्तिजनक रहेको भन्दै मन्त्रालयले यस्ता अवाञ्छनीय क्रियाकलाप रोक्न कानुनको पालना गराउन सुरक्षा निकायलाई कठोर बन्ने स्थिति आउन सक्ने भन्दै तयार रहन पनि भनेको स्रोतले जनाएको छ ।
दार्चुला घटनाको विरोधमा प्रतिपक्षी एमाले निकट विद्यार्थी नेताहरुले शनिबार रत्न राज्य क्याम्पस प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए । अब हुने यस्ता घटनालाई निगरानीमा राख्ने र विश्लेषण गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले भनेको गृह स्रोतले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया