स्वास्थ्य सामग्रीसहित गाउँमा तिमिल्सिना
‘महाधिवेशनबाट असल नेतृत्व आउनुपर्छ’

बर्दिया - वडा अधिवेशनमा सहभागी हुन गृह जिल्ला बर्दिया आएका नेपाली कांग्रेसको संगठन विभाका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । नगरपालिका भित्रका स्वास्थ्यचौकी मार्फत आमनागरिकलाई वितरण गर्नेगरी तिमिल्सिनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
तिमिल्सिनाले १० हजार पीस सर्जिकल माक्स, एक हजार पीस के ९५ माक्स, ५० लिटर सेनेटाइजर, २३० पीस फेससिल्ड नगरपालिकालाई हस्तान्तरण गरे ।
त्यस्तै एउटा अक्सिजन कन्सनट्रेटर पनि तिमिल्सिनाले नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
पार्टीको वडा अधिवेशनमा सहभागी हुन बर्दिया पुगेका तिमिल्सिनाले बाध्यात्मक परिस्थितिमा कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन् । झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको उनको भनाइ छ ।
तिमिल्सिनाले कम्युनिस्टकै नेताहरू आएर सभापति देउवालाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेपछि आग्रह स्वीकारेको बताए । कांग्रेस नेतृत्वको सरकारले संविधानको रक्षा गर्ने र मुलुकलाई क्रमशः विकास र समृद्धिको बाटोमा लैजाने बताएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनले गाउँ, वडादेखि नै युवा र असल नेतृत्व आउने बताएका विभागका केन्द्रीय सदस्य तिमिल्सिनाले महाधिवेशनलाई मेलमिलाप र आपसी सद्भावका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
यसअघि निमिल्सिनाले जिल्लाका विभिन्न विद्यालयमा गरिब विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए । अझै स्वास्थ्य सामग्री वितरणको तयारीमा आफू रहेको उनले बताए ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया