सम्बन्ध सुधारकाे प्रयास कि मामिला अर्कै ?

काठमाडौँ : भारतीय सत्तारुढ दल विजेपीले आफ्नो विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवालाई नेपाल पठाएर राजनीतिक दलसँगको सम्बन्ध सुधारको प्रयास थालेको छ । उत्तरी छिमेकीले आफ्नो विभिन्न तहको नेता पठाउने भेटघाट बढाउने मात्र होइन राष्ट्रपति स्तरबाटै सन्देशहरू आदान–प्रदान हुन थालेको अवस्थामा भारतीय सत्तारुढले पनि सहकार्यमा तिब्रता दिन थालेको हो ।
विजेपीका विदेश विभाग इन्चार्ज चौथाइवाले नेपाल आएदेखि नै राजनीतिक दलका नेताहरूसँगको भेटमा छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मात्र होइन अन्य मन्त्री तथा राजनीतिक दलका नेताहरूसँग औपचारिक र अनौपचारिक भेटवार्ता गरेका छन् । उनी ओलीलाई भेट्न पुग्दा अर्थमन्त्री विष्णु पौडेल पनि सँगै थिए ।
भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले जानकारी दिएका थिए । उनी अर्थमन्त्री पौडेलसँगको सम्बन्धका कारण नेपाल आएका हुन् । उनलाई अर्थमन्त्री पौडेलले नै निम्त्याएको समेत अधिकारीहरुले बताएका छन् ।
नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको द्विपक्षीय सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रीत रहेर चौथाईवाले प्रधानमन्त्री अोलीसँग कुराकानी गरेको निजी सचिवालयले बताएका छन् ।
गत वर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो । नेपाल र भातरबीच विभिन्न संयन्त्रको बैठकहरू अघि बढिरहेको अवस्थामा उनको भ्रमण हुनुलाई अर्थपूर्ण मानिन्छ ।
सुरक्षा, कूटनीतिक तथा राजनीतिकस्तरमा पनि वार्ताहरू अघि बढेका छन् । उनी शुक्रबार पनि भेटघाटमा ब्यस्त रहेको बताइएको छ । उनले पहिलो र दोस्रो तहका सबै जसो नेताहरूलाई भेटिरहेका छन् । नेपाल र भारतबीच दुईपक्षीय संयन्त्रको वार्ताहरू अघि बढ्दा उनको भ्रमण हुनुलाई अर्थपूर्ण मानिन्छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया