कंगनाको ‘थलाइवी’ मल्टिप्लेक्सले नलगाउने, साथ दिन कंगनाको गुहार

मुम्बई : कंगना रनावतको तमिलनाड्डुकी पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित फिल्म ‘थलाइवी’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । रिलिजको पूर्व सन्ध्यामा आएर देशका तीन ठूला मल्टिप्लेक्स चेनले यो फिल्म नलगाउने घोषणा गरेका छन् । रिलिज भएको दुई हप्तामै यो फिल्म ओटिटीमा आउने भएपछि तीन ठूला मल्टिप्लेक्स चेनले फिल्म रिलिज गर्न नसकिने जानकारी गराएका हुन् ।
मल्टिप्लेक्स चेन र निर्माताबीचको विवाद बढ्दै गएपछि कंगना रनावत मैदानमा आएकी छिन् । उनले हिजोका दिनमा ‘राधे’ र ‘मास्टर’ हल र ओटिटीमा एक साथ रिलिज गर्न मिल्ने तर ‘थलाइवी’ चाहिँ नमिल्ने भनेर प्रश्न गरेकी छिन् । उनले हिन्दीमा दुई हप्ताको ग्याप भए पनि दक्षिण भारतमा ओटिटीमा आउने समय चार हप्ताको रहेको बताएकी छिन् । यो फिल्म हिन्दीसँगै तमिल र तेलगु भाषामा पनि रिलिज भइरहेको छ ।
कंगनाले इन्स्टाग्राममा लामो स्ट्याटस लेख्दै फिल्म नचलाउने निर्णय गरेका पिभिआर सिनेमा र इनोक्सले महिला कलाकारलाई माथि आउन नदिन षडयन्त्र गर्ने गरेको पनि आरोप लगाएकी छिन् । ‘हलवाला आफूहरू भेन्टिलेटरमा भएको गुनासो गर्छन् तर जब फिल्म लगाउने बेला भयो महिलाका विरुद्ध एकजुट हुन्छन् । तिनीहरूकै बुद्धिले यो अवस्थामा छन्,’ उनले लेखेकी छिन्, ‘आशा गरौँ तिनको मति ठेगानमा आउँछ ।’सेप्टेम्बर १० मा रिलिज हुने घोषणा गरेको फिल्मले कलिलो उमेरमा तमिल सिनेमाको अनुहार बनेकी जयललिताको राजनीतिक उडानको कथा प्रस्तुत गर्दछ ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया