आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नेपालको खेल तालिका सार्वजनिक

काठमाडौं : एसियन फुटबल महासंघ (एएफसी) ले नेपाल राष्ट्रिय फुटबल टोलीले खेल्न बाँकी रहेका विश्वपकप छनोट खेलको तालिका सार्वजनिक गरेको छ । एएफसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले आउँदो मार्च र अप्रिलमा तीन खेल खेल्नेछ । 

‘समूह बी’ मा रहेको नेपालले मार्च २५ मा चाइनिज ताइपेइको सामना गर्नेछ भने त्यसको पाँच दिन पछाडि अस्ट्रेलियासँग भिड्नेछ । त्यस्तै, नेपालले जुन ७ मा र्जोडनविरुद्ध खेल्नेछ । समूहको चौथो स्थानमा रहेको नेपालले सबै तीन खेल घरेलु मैदानमा खेल्नेछ । 

हेर्नुस् खेल तालिका : 

- नेपालविरुद्ध चाइनिज ताइपेइ : मार्च २५,२०२१ (चैत्र १२, २०७७)

- नेपालविरुद्ध अस्ट्रेलिया : मार्च ३०, २०२१ (चैत्र १७, २०७७) 

- नेपालविरुद्ध जोर्डन : जुन ७, २०२१ (जेठ २४, २०७८)