मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

सुदूरपश्‍चिम प्रदेश सभामा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) ठूलो दल

कैलाली - सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेभन्दा ठूलो दल बनेको छ। सुदूरपश्चिम प्रदेशका १३ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेभन्दा ठूलो दल बनेको हो।

आइतबार तीन सांसदले एकीकृत समाजवादी रोजेसँगै एमाले एकीकृत समाजवादीभन्दा सानो दल भएको छ । यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन्। यस्तै सरकारकाे नेतृत्व गरिरहेकाे अर्काे ठूलाे दल नेकपा माओवादी केन्द्रसँग पनि अहिले १३ सांसद छन् । त्यस्तै विपक्षी दल काँग्रेसका १२ र जसपाका दुई जना सांसद रहेका छन् ।