पारस खड्कालाई कोभिड-१९ सङ्क्रमण

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोभिड-१९ सङ्क्रमण भएको छ । आफू कोभिडबाट सङ्क्रमित भएको उनले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराउनु भएका थिए । आजै उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा थिए । कोभिड पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् ।
उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । उनीहररू क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका हुन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया