कोभिड पोजेटिभले लगाएका खोपको सही विवरण पठाउनूः रोग नियन्त्रण महाशाखा
'सही विवरण नहुँदा विश्लेषण गर्न अप्ठयारो भयो'
काठमाडौँ- कोभिड-१९ पोजेटिभ भएकाहरूले खोपको कुन-कुन मात्रा लगाएका छन् तिनीहरूको सम्पूर्ण विवरण उल्लेख गरी पठाउनलाई सरकारले देशभरका प्रयोगशालाई निर्देशन दिएको छ । संक्रमितहरूले लगाएको कोभिडविरुद्धको खोपको मात्रा, पूरा नाम , सम्पर्क ठेगाना, उमेर र सही मोबाइल नम्बर नहुँदा विश्लेषण गर्न अप्ठयारो भएको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एउटा मोबाइल नम्बर धेरै मानिसले प्रयोग गर्ने गरेकोले विश्लेषण गर्न समस्या भइरहेका महशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए । परीक्षण गर्दा प्रयोगशालामा उपलब्ध भएका फारममा सम्पूर्ण सूचनाहरू समावेश गरेर पठाउनुपर्ने उनले बताए ।
उनका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई र सबै प्रदेशका स्वास्थ्य निर्देशनाललाई समेत विवरण पठाउन निर्देशन दिइएको छ । त्यसैगरी सबै प्रदेशका आपतकालीन स्वास्थ्य केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई सम्पूर्ण विवरण पठाउन पौडेलले आग्रह गरेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया