यी हुन् रुपन्देहीमा समाजवादी पार्टी रोज्ने जनप्रतिनिधिहरू
बुटवल- रुपन्देहीमा पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका पाँच जनाले जिल्ला निर्वाचन कार्यालय रुपन्देही पुगेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
उपप्रमुख काफ्लेले आफ्नो नेतृत्वमा निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको बताइन् । उनीसहित बुटवलका वडा सदस्यहरू चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन् ।
रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउने जानकारी दिएको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया