शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

एकान्तकुनामा घन्‍कियो नारा : 'राष्ट्रघाती इम्‍बोस्ड नम्‍बर प्‍लेट खारेज गर' (फोटो फिचर)

काठमाडौँ- विभिन्‍न माग गर्दै एकान्तकुनामा रहेको यातायात विभागमा प्रर्दशन गरेका छन् । सोमबार नेपाल कमर्शियल आर्टिष्ट संघ केन्द्रीय समितिले इम्‍बोस्ड नम्‍बर प्लेट खारेजीको माग गर्दै प्रर्दशन गरेका हुन् ।

'राष्ट्रघाती इम्‍बोस्ड प्‍लेट नम्‍बर खारेज गर, व्यवसायीक कलाकारहरूको वैकल्पिक व्यवस्था गर, आर्टिष्टहरूको रोजगार खोस्‍न पाइँदैन, भाडादर समायोजन गर, २० वर्षे सवारी साधनको व्यवस्थापन गर (म्याद थप गर), यात्रु बोक्‍ने रातो प्‍लेटका सवारीलाई कारबाही गर'लगायतका माग राखेर प्रर्दशन गरेका हुन् ।