निर्देशक सुदर्शन थापाले गरे मोडल सुप्रियासँग टीकाटालो

काठमाडौँ : निर्देशक सुदर्शन थापाले मोडल तथा समाचारवाचिका सुप्रिया कटवालसँग टीकाटालो गरेका छन् । आजै जन्मदिन मनाइरहेका उनले जन्मदिनकै अवसर पारेर टीकाटालो गरेका हुन् ।
‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा पाइला चालेका सुदर्शनले त्यसयता ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ आदि फिल्मको निर्देशन गरेका छन् ।
सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी सुप्रिया कटवाल भने पछिल्लो समय एपीवानमा समाचार वाचन गर्ने गर्थिन् । केही फिल्ममा सानोतिनो भूमिकामा देखिएकी सुप्रियाले ‘साढे सात’ शीर्षकको फिल्ममा भने महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
दुवैको र्याडिसन होटलमा टीकाटालो कार्यक्रम भएको र सीमित आगन्तुकलाई मात्र बोलाइएको जानकारी छ । सुप्रियासँग टीकाटालो गरेका सुदर्शनको नाम सुष्मा कार्की र पूजा शर्मासँग जोडिने गरेको थियो । पछि दुवैले सुदर्शनलाई छाडेर बेग्लाबेग्लै साथी रोजेका थिए ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया