नेपालले मंगलबार पपुवा न्युगिनीको सामना गर्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला ओमानमा छ । यस श्रृंखलामा नेपाल र घरेलु टिम ओमान बाहेक अमेरिका पनि सहभागी छ । सेप्टेम्बर १३ बाट सुरु हुने श्रृंखलाअघि नेपालले पपुवा न्युगिनीसँग एक दिवशीय खेल पनि खेल्दैछ ।
नेपाल र पपुवा न्युगिनीबीचको पहिलो खेल मंगलबार हुँदैछ । ओमान क्रिकेट एकेडेमीको मैदानमा दुई टिमबीचको खेल नेपाली समय अनुसार ११ः१५ बाट सुरु हुनेछ । त्रिदेशीय श्रृंखलाका लागि तयारी गर्नका लागि १९ सदस्यीय नेपाली टोली गत अगस्ट २५ मै ओमान पुगेको हो । नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।
ओमान भ्रमण डेभ ह्वाटमोरका लागि नेपालको प्रशिक्षकका हैसियतले अन्तिम हुनेछ । उनले गत साता मात्रै नेपाल क्रिकेट संघ (क्यान) समक्ष इ–मेलमार्फत राजीनामा बुझाइसकेका छन् । गत डिसेम्बरमा नेपालको मुख्य प्रशिक्षकमा नियुत्त भएका ह्वाटमोरले व्यक्तिगत, पारिवारिक तथा कोभिड–१९ महामारीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया