विष्णु पौडेलले गरे बुटवल पहिरोको स्थालगत निरीक्षण

बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको चुरे क्षेत्रमा झरेको पहिरोको स्थालगत निरीक्षण गरेका छन् । सोमबार गृहनगर रुपन्देही पुगेर उनले स्थानीय जनप्रतिनिधिसमेतको साथमा सो क्षेत्रको स्थलको निरीक्षण गरेका हुन् ।
सो क्रममा उनले पहिरो नियन्त्रणमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन् । पूर्वअर्थमन्त्री पनि रहेका पौडेलले चुरे क्षेत्रको पहिरो नियन्त्रण गर्न र सम्भावित थप क्षतिबारे सरकारको ध्यानार्कषण गराए । ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले यहाँका पीडितका समस्याका बारेमा संसद्मा कुरा उठाउने स्पष्ट पारे ।
‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणलाई प्राथामिकतामा राख्नुपर्छ,’ रूपन्देही क्षेत्र नम्बर २ बाट विजयी सांसद्समेत रहेका उनले भने, ‘पहिरो नियन्त्रण र चुरे संरक्षणमा सरकारका साथै नागरिकले पनि ध्यान दिनुपर्छ । यहाँका पीडितका समस्याका बारेमा म सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’ पहिरो नियन्त्रण र विस्थापितहरूलाई पुनः स्थापित गर्न आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने पौडेलले प्रतिबद्धता जनाए । बुटवलको ज्योतिनगरमा गत साता पहिरो झर्दा १० घर पूर्णरूपमा पुरिएका छन् भने ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छन् । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरिएको स्थानीयहरूले बताए ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया