गण्डकीमा पुस्तकालय स्थापना गर्ने योजना ल्याउँदैछौं : मुख्यमन्त्री पोखरेल

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा केन्द्रीय पुस्तकालय निर्माणको योजना ल्याइने बताएका छन् । पोखरा सार्वजनिक पुस्तकालयद्वारा सोमबार आयोजित ‘गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘गण्डकी सरकारले गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना गर्ने सोच अघि सारेको छ,’ मुख्यमन्त्री पोखरेलले भने । प्रदेशको चिनारी दिने गरी पुस्तकालय स्थापना हुनुपर्नेमा जोड दिँदै उनले विगतमा शासकहरूलेसमेत पुस्तकालयको महत्व बुझेको उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले १४ औं पुस्तकालय दिवसका अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरेका छन् ।
गण्डकीका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशको पहिचान दिने किसिमका सामग्रीहरूलाई पुस्तकालयमा राख्नुपर्नेमा जोड दिए । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले पुस्तकालय निर्माण प्राथमिकतामा रहेको बताउँदै सञ्चालित पुस्तकालयमा प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याए ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा विश्व श्रेष्ठले ०४६ सालपछि पुस्तकालय स्थापनामा जागरण सुरु भएको चर्चा गर्दै पुस्तकालयलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश पुस्तकालय स्थापनाको योजनालाई चाँडै कार्यान्वयन गर्न उनले मुख्यमन्त्रीसमक्ष अनुरोध गरे ।
पोखरा सार्वजनिक पुस्तकालय सञ्चालक समितिका सदस्य एवम् पश्चिमाञ्चल विकास मञ्चका पूर्वमहासचिव धर्मराज बरालले पुस्तकालय समाजको सभ्यता भएको बताउँदै प्रदेशमा स्थापना गर्न लागिएको पुस्तकालय विशिष्ट पहिचान बोकेको हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परम्परागत पुस्तकालयलाई समयसापेक्ष जोड्नु चुनौती भएकोसमेत बताएका छन् ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया