श्रीलङ्कामा अहिलेसम्म १० हजार बढी कोभिड सङ्क्रमितको मृत्यु

कोलम्बो, श्रीलङ्का- श्रीलङ्कामा कोभिड-१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
कोभिड-१९महामारीको कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल १० हजार १४० सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९का बिरामीको सङ्ख्या आइतबार ४६ हजार ७६७ रहेकोमा पछिल्लो तथ्याङ्कले यो सङ्ख्या बढेर ६८ हजार पुगेको देखाएको छ ।
श्रीलङ्काले कोभिड-१९ सङ्क्रमणमा तीव्र वृद्धिको सामना गरिरहेको छ र स्वास्थ्यकर्मीहरूले हालैका हप्ताहरूमा बिरामीहरूको वृद्धिको कारण डेल्टा विविधता भएको र सबैभन्दा बढी सङ्क्रमित राजधानी कोलम्बोमा रहेको बताएका छन् ।
सङ्क्रमण दर उच्च भएपछि मृतक सङ्ख्यामा आएको वृद्धिसँगै सहरी क्षेत्रका दाहसंस्कारस्थलमा पनि चौबीसै घण्टा भीड देखिन थालेको छ ।
कोभिड-१९ को सङ्क्रमण उच्च बनेपछि अस्पतालहरूमा विरामी भर्ना गर्न शैया अभाब हुन थालेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले आगामी हप्ताहरूमा स्थिति चरम अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् र मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् ।
सङ्क्रमण फैलिन नदिन सरकारले देशभरी निषेधाज्ञा (कफ्र्यू ) आदेश जारी गरेको छ । (सिन्ह्वा)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया