मधेश स्वास्थ्य प्रतिष्ठानको पदाधिकारीहरूको कामकाज र तलब रोक्न अदालतको अन्तरिम आदेश

जनकपुरधाम- प्रदेश २ सरकार अन्तर्गत रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरू नियम संगत नरहेको नरहेको उच्च अदालतले ठहर गरेको छ । प्रतिष्ठानको नियुक्ति नियम संगत नरहेको भन्दै पदाधिकारीहरूको कामकाज, तलबसहितका सुविधामा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार उच्च अदालतका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलाशबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन अनुसार पदाधिकारीहरूको नियुक्ति नगरिएकोले उनीहरूको काम, तलब तथा सुविधामा रोक लगाउन अन्तरिम आदेश जारी गरिएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरू कानून सम्मत भएको देखिदैन । अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल नियुक्तिहरू कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु अदालतको आदेशमा भनिएको छ ।
प्रदेश २ सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो । सो प्रतिष्ठानमा प्रदेश सरकारले उपकुलपतिमा डा. रामकेवल साह, शिक्षाध्यक्षमा डा. अंकुर साह र रजिष्ट्रारमा डा. विनोद कुमार यादवलाई नियुक्त गरेको थियो । तिनीहरूको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका थिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया