पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीयमा नेपाल विजयी
काठमाडौँ - पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरेको थियो । पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्रै बनायो । नेपालले १३५ रनको लक्ष्य ३९ ओभर तीन बलमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान आशिफ शेखले ३० रन बनाए । उनले ४६ बलमा चार चौका हाने ।
नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक एक छक्का र चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिए ।
यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए ।
पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बताए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई÷दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो । रासस

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_QSgoRilUmO_jgtu95fs4m2nic3xbxczyhw4crejlac5jrtyim7fq25lous2eotzhn1zsmxo.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

कुवेतमाथि नेपालको कीर्तिमानी जित, कुशल र आशिफले बनाए अर्धशतक

गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

प्रतिक्रिया