लुम्बिनीमा थप तीन मन्त्रालयको जिम्मा चौधरीलाई

बुटवल - लुम्बिनी प्रदेशमा मन्त्रीविहिन बनेका मन्त्रालयमध्ये थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।
नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्रालयको जिम्मेवारी चौधरीलाई दिएको हो। मन्त्रिमण्डल विस्तार अघिसम्म आफुले यी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्री चौधरीले बताए।
बजेटको तयारी गर्नका लागि आफुलाई थप तीन वटा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।
मन्त्री चौधरीले मुख्यमन्त्री कुलप्रसाद केसीले सम्हाल्दै आएका मध्येका तीन मन्त्रालयको बजेट र कार्यक्रम संसोधनको काम गर्ने बताए । मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाई हुने भएपछि मन्त्रीहरुले जिम्मेवारी बाँडेर बजेट संसोधनको काम गरिरहेका छन्।
गठबन्धन सरकारले बनाएका १३ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्रिविहिन छन्। अरु दुई राज्यमन्त्री थपिनेछन् ।
एक जना कांग्रेसबाट र एकजना माओवादीबाट राज्यमन्त्री थप्ने तयारी छ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया