एमसीसीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरोस्: पौडेल

बुटवल - नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसीसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।
सरकारमा सहभागी दलहरूकै बीचमा फरक फरक धारणा आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले एमाले विभाजनले पार्टीमा असर नपारेको बताउँदै पार्टी जीवनमा काँचुली फेरेको बताए। उनले काँचुली फेरेपछि सर्पको नयाँ जीवनको शुरूवात भएजसरी एमालेको नयाँ जीवन पाएको बताए।
"यो भद्दा अवसरवाद हो,' उनले भने-उहाहरू अवसरका लागि जनताको बहुदलीय जनवाद समेत त्यागेर जानुभएको छ।' उनले सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्न चुनौती दिए।
पूर्वअर्थमन्त्री पौडेलले आफुले ल्याएको बजेटमाथि भइरहेको संशोधन अपरिपक्व भएको बताए। 'बजेटमा के कुरामा समस्या छ, आउनुस्, बहस गरौ, कुन विषयमा असहमति हो,' उनले भने।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया