आइफोन १३ सेप्टेम्बर १४ मा आउने

काठमाडौं- एप्पलले सेप्टेम्बर १४ मा आइफोन १३ सार्वजनिक गर्ने तयारी गरेको छ । क्यालिर्फोनिया स्ट्रमिङ नाम दिएको यो इभेन्टमा आइफोन १३ सँगै अन्य प्रडक्टहरू समेत लन्च गर्ने तयारीमा एप्पल रहेको छ । एप्पलले कुन कुन प्रडक्ट लन्च गर्ने जानकारी भने दिएको छैन् । प्रत्येक वर्ष सेप्टेम्बरमा इभेन्ट गरि आइफोनसँगै विभिन्न प्रडक्टहरू सार्वजनिक गर्दे आएको छ । गत वर्ष कोभिडलाई कारण देखाउँदै ढिला भएको एप्पल इभेन्ट यो वर्ष भने टाइममा गर्न लागेको छ ।
आइफोन १३ मा विभिन्न फिचरहरू हुने भनेर बेला बेला लिक रिपोर्टहरू पनि आएको छन् । आइफोन १३ मा स्याटलाइट कनेक्सनबाट फोन र म्यासेज गर्न मिल्ने रिपोर्टहरू सार्वजनिक भएका थिए अब यसको आधिकारिकता भने आइफोन १३ रिलिजपछि नै थाहा हुनेछ । गएको अप्रिलमा एप्ललले इभेन्टमा एम वान चिप सहितको आई प्याड प्रो सार्वजनिक गरेको थियो । आइफोन १३ मा आइओएस १५ को साथ आउने छ ।

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

प्रतिक्रिया