शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

राष्ट्रिय सभा बैठक शुक्रबारसम्म स्थगित

काठमाडौँ - राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । 

दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरू कार्यसूचीबाट हटाएको जानकारी दिदैँ आगामी बैठक भदौँ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएको जानकाी दिए ।