बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

एमालेले १४ सांसदलाई कारबाही गर भन्‍नुको अर्थ छैन : नेपाल

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफना १४ सांसदमाथिको कारबाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । 

त्यही माग राखेर नेकपा एमालेले प्रतिनिधि सभा अवरुद्ध गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसद भवन नयाँ वानेश्वरमा सञ्‍चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतले नै कुनै ह्वीप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारबाही लागू हुनुपर्छ भन्‍नुको कुनै अर्थ नरहेको बताए । 

बुधबारबाट बोलाइएको संसद् अधिवेशनमा एमालेले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले  निष्काशन नगरेको र पार्टीले कारबाही गरेका सांसद संसद्‍मा उपस्थित भएको भन्दै सदन अवरुद्ध गरेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानुन मिचेको पनि बताए ।