सभामुख पक्षपाती भएपछि संसद्मा अवरोध गर्नुपर्यो : योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको उनले बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । दलले ह्वीप जारी गरेर निष्काशन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले फुटाउन सघाएको भट्टराईको दाबी छ ।
‘सभामुखले निष्पक्ष व्यवहार नगरेको हाम्रो टिप्पणी छ । उहाँले एउटै केशका विभिन्न दलहरूलाई विभिन्न ढंगले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ,’ भट्टराईले भने, ‘त्यो अनुशासन उलंघन भयो भने, ह्वीप उलंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’
बुधबार अपराह्न ४ बजे बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद्ले अवरोध गरेका थिए । एमालेको अवरोधबीच सत्तारुढ दलले दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनका लागि सभामुखसमक्ष पेस गरेका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया