भ्रममा नपर्नू, एलएलबी दोस्रो वर्षको २७ गतेको परीक्षा हुन्छ : नियन्त्रक जोशी

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसको एलएलबी दोस्रो वर्षको आंशिक परीक्षा तोकिएकै समयमा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ २७ गतेको परीक्षा तोकिएकै समयमा हुने भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
भदौ २७ गते आंशिकतर्फ सार्वजनिक अन्तराष्ट्रिय कानुन विषयको परीक्षा हुँदैछ । तर केही विद्यार्थी संगठनले परीक्षा हुँदैन भन्दै भ्रम फैलाएकाले विद्यार्थी अन्यौलमा परेका थिए । यसबारे कुनै भ्रममा नपर्न परीक्षा नियन्त्रक जोशीले आग्रह गरेका हुन् । अरु विषयको परीक्षाको समयतालिका र परीक्षा केन्द्र पनि तोकिने तथा कुनै पनि परीक्षा नरोकिने पनि परीक्षा नियन्त्रक जोशीले स्पष्ट पारेका छन् ।
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

प्रतिक्रिया