जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप

टोकियो- जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ ।
कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
यही सेप्टेम्बर ३० तारिखदेखि लागुहुने गरी सङ्कटकालको समयावधि फेरि थप गरिएको हो । देशका कूल ४७ प्रान्तमध्ये २१ प्रान्तमा यही सेप्टेम्बर १२ देखि सङ्कटकाल लागू भएको छ ।
मियागी र ओकायामा प्रान्तमा भने महामारी कम हुँदै गएको ठानेर अर्ध सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी अर्ध सङ्कटकाल लगाइएका १२ मध्ये टोयामा, यामानाशी, एहिम, खोची, सागा र नागासाकी गरी ६ प्रान्तमा भने हालै अर्ध सङ्कटकाल पनि हटाइएको छ ।
कोरोनाभाइरसको नयाँ नयाँ भेरियन्ट फैलिँदै गएपछि देशका धेरै ठाउँमा सङ्कटकाललाई निरन्तरता दिनुपरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
सङ्कटकाल लागू गरिएको क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिएर वा अनुमति लिएर मात्रै हिँड्न पाइने व्यवस्था गरिएको छ ।
अधिकांश पसल तथा कार्यालयहरू बन्द गरिएको छ भने भीडभाड गर्न निषेध गरिएको छ । सरकारको आदेश नमान्नेलाई कडा कारबाहीको चेतावनी पनि दिइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया