विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को-को परे ?
काठमाडौँ - भारतले टी–ट्वान्टी विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपका लागि भारतले महेन्द्रसिंह धोनीे मेन्टर र विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो । रोहित शर्मा उपकप्तान छन् ।
भारतीय टिममा केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा छन् । यस्तै बलरमा राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामीलाई पनि टिममा राखिएको छ । यस्तै दीपक चाहर, शार्दुल ठाकुर र श्रेयास आयरलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।
कोभिडका कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । भारतले पहिलो खेल अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ । २००७ देखि भारतले टी–ट्वान्टी विश्वकप जित्न सकेको छैन ।

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_QSgoRilUmO_jgtu95fs4m2nic3xbxczyhw4crejlac5jrtyim7fq25lous2eotzhn1zsmxo.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

कुवेतमाथि नेपालको कीर्तिमानी जित, कुशल र आशिफले बनाए अर्धशतक

गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

प्रतिक्रिया