महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

काठमाडौं : नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ । नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।
महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ । पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि शुरु हुने आइसिसीले जनाएको छ । छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसिसीले जारी गरेको सूचनामा उल्लेख छ । (रासस)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया