विपीका आन्दोलनरत चिकित्सकले मनाए विपी जयन्ती

विराटनगर - ८८ दिनदेखि आन्दोलनरत धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले आफै वीपी जयन्ती मनाएका छन् । प्रतिष्ठान प्रशासनले आयोजना गरेको १०८ औं विपी जयन्ती तथा २८ औं बार्षिकोत्सव कार्यक्रम बहिस्कार गर्दै आफ्नै प्रयासमा उनीहरुले विपी जयन्ती तथा बार्षिकोत्सक मनाएका हुन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले काठमाडौंमा बसेर प्रतिष्ठान परिसरमा झण्डात्तोलन तथा विपीको शालिकमा माल्यार्पण कार्यक्रम तय गरेका थिए । तर आन्दोलनरत प्रतिष्ठान शुद्धिकरण अभियान संघर्ष समितिले उपकुलपतिले आयोजना गरेको कार्यक्रमलाई बहिस्कार गर्दै बिहीबार बिहानै आफैंले विपी जयन्ती तथा प्रतिष्ठानको २८ औं बार्षिकोत्सव मनाएका हुन् ।
कार्यक्रममा उपस्थित प्रतिष्ठानको संकाय सम्वद्ध चिकित्सक तथा प्राध्यापक, स्वास्थ्यकर्मीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रतिष्ठानको झण्डात्तोलन गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । प्रतिष्ठानलाई धराशयी बनाउने पदाधिकारीहरुलाई बार्षिकोत्सव मनाउने अधिकार नभएको भन्दै उनीहरुले आफै जुटेर कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकविरुद्ध नाराबाजी समेत गरेका छन् ।
संघर्ष समितिका संयोजक डा.एसपी रिमालले प्रतिष्ठानमा जारी आन्दोलन वर्तमान पदाधिकारीको बहिर्गमनसँगमात्रै केन्द्रीत नभएको बताए । प्रतिष्ठानको झण्डाको झण्डोत्तलन अघि कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा हुने पदाधिकारी नियुक्तीको मापदण्ड बसाउन पनि आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारे ।
‘यो आन्दोलन चारजना पदाधिकारी जाँदैमा नेमप्लेट चेन्ज गर्दैमा अर्को कुनै पार्टीको खल्तीबाट चारजना आउँछन् भने त्यसको पनि विरुद्धमा हो’ संयोजक रिमालले भने, ‘आउने हरेक पदाधिकारी मापदण्डबाट आउनु पर्छ, यो आन्दोलन विपी प्रतिष्ठानलाई अधोगतिमा लैजान मेरोपनि संलग्नता छ भने मलाई पनि कारवाही गर भन्नका लागि हो ।’
हरेक बर्ष ९ सेप्टेम्बरमा मनाइने विपी जयन्तीका अवसरमा आन्दोलनरत चिकित्सकहरुले एक सातादेखि प्रतिष्ठान परिसर सरसफाई, मर्मत सम्भार तथा रंगरोगनको काम पनि गरिरहेका छन् । संघर्ष समितिले २८ औं बार्षिकोत्सवकै अवसरमा बिहीबार साँझ ‘सेभविपीकेआइएचएस’ भन्दै दिप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको छ ।
बिहीबार बिहान कार्यक्रम भइरहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा उपस्थित थिए । संघर्ष समितिसँग सरकार आफैले गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै प्रतिष्ठानका विद्यार्थी तथा चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया