ट्वीटरमा थपियो ‘सफ्ट ब्लक’ अप्सन

काठमाडौं - ट्वीटरले आफ्ना प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ । ट्वीटरले नयाँ रिमुभ फलोअर फिचरको वेबमा परीक्षण गरिरहेको छ। यो ‘सफ्ट ब्लक’ फिचर ट्वीटरको आधिकारिक टुलको रुपमा चाँडै नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुनेछ ।
ट्वीटरकाअनुसार यो नयाँ फिचरसँगै आफ्नो फ्लोअर लिस्टबाट फ्लोअर्सलाई बिना जानकारी हटाउन पनि सकिनेछ । यसका लागि फ्लोअरको नामको साइडमा देखिने तीनवटा डट बक्स अप्सन क्लिक गरेपछि ‘रिमुभ फलोअर’ अप्सन देखाउँछ । त्यसमा गएर सजिलै हटाउन सकिन्छ ।
ब्लक भन्दा यो फिचर फरक छ। कुनै फलोअरलाई ब्लक गर्दा उक्त फ्लोअरले तपाईंको कुनै पनि गतिविधि हेर्न वा म्यासेज पठाउन सक्दैन । तर रिमुभ फिचरमा भने रिमुभ गरिएका ट्वीटर आइडीका गतिविधहरू तपाईंको टाइमलाइनमा देखापर्दैन । अनि तपाईंको गतिविधि पनि उक्त प्रयोगकर्ताको अकाउन्टमा देखाउदैन ।
यसअघि मन नपरेको व्यक्तिलाई सीधा ब्लक गर्नुपर्ने विकल्प मात्रै थियाे ।

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

प्रतिक्रिया