फेसबुक रेबनको स्मार्ट ग्लास आज सार्वजनिक हुदैँ

काठमाडौँ - फेसबुक र रेबनको सहकार्यमा निर्माण गरिएको स्मार्ट ग्लास आज बेलुका सार्वजनिक हुँदै छ । फेसबुकले रेबनसँग मिलेर नयाँ स्मार्ट ग्लास ल्याउने घोषणा पछि यसलाई विषेश आकर्षणका रुपमा हेरिएको थियो ।
एक इभी नामक ट्वीटर प्रयोगकर्ताले फेसबुक र रेबनका स्मार्ट ग्लासका विभिन्न तस्बिरहरू सार्वजनिक गरेका छन् । आज बेलुका सार्वजनिक हुने उक्त ग्लासको फोटो आफ्नो ट्वीटर मार्फत सार्वजिनक गरेका हुन् ।
‘रेबन स्टोरिज’ नाम दिइएको उक्त ग्लासमा फेसबुकको कुनै लोगो प्रयोग भने भएको छैन । तर, ग्लासको बाहिरी कभरमा भने रेबन र फेसबुक दुवैको लोगो प्रयोग गरिएको देखिन्छ । इभिले सार्वजनिक गरेको जानकारी अनुसार ग्लास तीन विभिन्न फ्रेममा आउने छ । जुन रेबनका क्लासिकल डिजाइनसँग मिल्दो रहेका छन् ।
त्यस्तै ग्लासको दुई साइडमा क्यामेरा रहेको छ । मार्क जुकरबर्गले सानो ट्रिजर आफ्नो ट्वीटरबाट सार्वजनिक गरेका थिए ।

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

प्रतिक्रिया