पोखरा पुग्यो डिसहोम फाइबर नेट

काठमाडौं- डिसहोमले पोखरामा डिसहोम फाइबरनेटको पुर्याएको छ । पोखरामा आयोजित एक कार्यक्रमबाट फाइबरनेट प्रारम्भ गर्दै कम्पनीले कास्कीका विभिन्न ठाउँमा इन्टरनेट विस्तार हुने जानकारी दिएको छ ।
नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले फाइबरनेट सेवाको उद्घाटन गरे । डिसहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिसहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि:शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।
सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधासहित बुधबारदेखि जडान सुरू गरिएको कम्पनीले जनाएको छ । ग्राहकको रोजाइअनुसार कम्पनीले १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध गराउनेछ । सहरी क्षेत्रमा सुरु गरेको डिसहोम फाइबरनेट आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले जानकारी दिए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया