पुनर्बीमा कम्पनीले संशोधन गर्यो नगद लाभांश

काठमाडौँ - नेपाल पुनर्बीमा कम्पनीले लाभांश संशोधन गरेको छ । संशोधन गरिएको लाभांश अर्थ मन्त्रालय र बीमा समितिमा प्रस्ताव गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
सञ्चालक समतिको असार ७ मा बसेको बैठकबाट वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पूँजी दश अर्बको १६.५० प्रतिशत बोनस सयर र ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बीमा समितिको गैरस्थलगत सुपरीवेक्षणले साउन १५ को पत्रवाट आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस शेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो ।
बीमा समितिको निर्देशन अनुसार कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकबाट आव २०७६/७७ को परिमार्जित वित्तीय विवरण अनुसार कम्पनीमा रहेको सेयर प्रिमियम बाहेकको वितरण योग्य मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत परिमार्जित नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया