विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ

काठमाडौँ - विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक-फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ ।
बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ ।
यसैबीच आज काठमाडौँको नागढुङ्गाबाट झण्डै दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट शंकास्पदरूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुङ्गा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।
यसैबीच धादिङबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ११ लाखसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया