एमसीसीको विरोध गर्ने माओवादी क्रान्तिकारीका कार्यकर्ता पक्राउ

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नाराबाजी गर्ने नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । क्रान्तिकारीले कोटेश्वरमा निकालेको जुलुसबाट तीन दर्जनभन्दा धेरै कार्यकतालाई प्रहरीले पक्राउ गरेको हो ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा उनीहरूले एमसीसीको विरोध गर्दै नाराबाजी गरेका हुन् । पक्राउ पर्नेमा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जन, अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटीलगायत छन् ।
प्रहरीले कार्यकर्ता पक्राउ गरेकोमा पार्टी महासचिव मोहन वैद्यले विज्ञप्ति जारी सो घटनाको भत्र्सना गरेका छन् । ‘हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजी र एमसीसीलाई लागु गराउन नेपाल आउने अमेरिकी साम्राज्यवादका भरौटेको विरोधमा आयोजित जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ,’ वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया