यी हुन् मोबाइलमा सर्वाधिक खेलिने पाँच लोकप्रिय गेम

काठमाडौं- मोबाइलको बढ्दो प्रयोगसँगै यसमा प्रयोग हुने गेम निर्माता कम्पनीहरू पनि कसरी हुन्छ आफ्नो गेम उत्कृष्ट र आकर्षक बनाएर ध्यान आकर्षक गर्ने भन्नेमा लागेका छन् । कल अफ ड्युटी पब्जी फ्री फायर जस्ता गेमले विश्व बजार तताइरहेका छन् ।
मोबाइलमा सर्वाधिक खेलिने पाँच गेमहरू जुनबाट पूरा विश्वका युवायुवती तथा बालबालिका दिनरात नभनि खेलिरहेका हुन्छन् । विश्वमा सर्वाधिक खेलिने मोबाइल गेम कुन कुन हो त? तल विश्वमा बढी खेलिने पाँच गेमको बारेमा चर्चा गरिन्छ ।
कल अफ ड्युटी
विश्वमा मोबाइलमा सर्वाधिक खेलिने गेम हो कल अफ ड्युटी । २०१९ मा बेस्ट गेमको उपाधी पाएको यो गेम विश्वमा सर्वाधिक खेलिने गेमभित्र पर्दछ । नेपालमा पनि यो गेम खेल्ने युवाहरूको ठूलो जमात छ । एक्सन प्रधान यो मोबाइल गेम सित्तैमा डाउनलोड गर्न सकिन्छ । हालसम्म १० करोड भन्दाबढी डाउनलोड भएको यो गेम एन्ड्रोइड तथा आइओएस् दुवै प्लाटफर्ममा उपलब्ध रहेको छ ।
माइनक्राफ्ट
माइनक्राफ्ट १८ वर्ष भन्दा मुनिका प्रयोगकर्ता माझ बढी लोकप्रिय रहेको छ । सुरुमा डाउनलोड गर्दा नै निश्चित शुल्क तिर्नुपर्ने हुनाले नेपालमा भने ओरजिनल भन्दा यसको पाइरेटेड भर्सन बढी प्रयोग हुनेगर्छ। माइनक्राफ्टमा विभिन्न प्रकारका संरचनाहरू निर्माण गरिखेल्ने गरिन्छ ।
पब्जी
हाल विश्वमा सर्वाधिक खेलिने मोबाइल गेममा पब्जी एक प्रमुख गेम हो । यसको बढी प्रयोग भएको भन्दै छिमेकी राष्ट्र भारत पाकिस्तानमा केही देशमा देशमा प्रतिबन्ध समेत लागेको छ । नेपालमा समेत एक पटक प्रतिबन्ध भएर फुकुवा भएको यो गेम युवाहरूमाझ बढी लोकप्रिय रहेको छ ।
फ्रि फायर
पब्जी भन्दा साइजमा केही सानो भएका कारण फ्रि फायर बालबालिका माझ बढीलोकप्रिय गेम हो । थोरै र्याम हुँदा समेत चल्ने भएकाले यो पब्जीको अर्को विकल्प समेत भएको छ। पब्जी र फ्रि फायर एकै प्रकारका गेमहरू हुन् । यसमा विभिन्न प्रकारका मिसन हुने हुनाले यस गेम पनि सर्वाधिक खेलिने मोबाइल गेममा पर्दछ ।
लेभलहेड
करिब सात डलर पर्ने यो गेम सर्वाधिक खेलिने अर्को गेम हो। यो गेम नेपालमा भने त्यति खेलिने गेम होइन् । युवाहरूमाझ यस गेमको छुट्टै क्रेज रहेको छ । २०१९ मा सार्वजनिक भएको यो गेम मारियोको प्यास मेटाउने प्रकारको छ ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया