सत्तारुढ दलको बैठकलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- सत्तारुढ दलको शीर्ष नेताहरूको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान ११:४५ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । ति मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णय गर्न सक्नेछ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । गठबन्धनको शीर्ष नेताको बैठक बिहीबार पनि बसेको थियो । तर, कुनै सहमति भने हुन सकेन । बिहीबारको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडोभन्दा चाँडो गर्ने निष्कर्ष निकालेको थियो। आजको बैठकमा एमसीसीबारेमा साझा धारणा बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ।

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

प्रतिक्रिया