सञ्चार मन्त्री गुरुङ महासंघसँग सहकार्य गरेर अगाडी बढ्ने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारितासँग सम्बन्धित विषयमा नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अगाडी बढने बताएका छन् । आइतबार मन्त्री निवास पुल्चोकमा महासंघका पदाधिकारीसँग भएको मन्त्री गुरुङले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताए । प्रेस स्वतन्त्रताको संरक्षण, प्रवर्दन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने मन्त्री गुरुङको भनाइ थियो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट पहल हुनुपर्ने बताए । महासंघले कोभिड-१९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने धारणाा महासंघको रहेको उल्लेख गर्दै आचार्यले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण गर्नु पर्ने बताए । सञ्चार क्षेत्रमा पुनःसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन गर्न पनि महासंघले मन्त्री गुरुङलाई आग्रह गरेको छ ।
मन्त्री गुरुङलाई भेट्न अध्यक्ष आचार्य, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहालसहितको टोली मन्त्री निवास पुल्चोक पुगेको थियो ।
मन्त्री गुरुङले गत असोज २९ गतेबाट सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया